शिक्षा मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु हुने जनाएको छ । पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि धकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले स्रोतले जनाएको छ । कतिपय निजी विद्यालयले भने नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको अनलाइन पठनपाठनसमेत सुरु गरिसकेका छन् ।